ललितपुरको ढोलाहिटीमा दुई दुईजनाको मृत्यु भएको छ । हिजो राती करिब ९ बजेतिर ललितपुर महानगरपालिका वडा नं. २६ स्थित ढोलाहिटीमा पुरानो रिसिविका कारण एक समूहले चक्कु प्रहार गर्दा दुई युवाको मृत्यु भएको थियो ।धरान घरभई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई खुमल्टार बस्ने ३० वर्षका पुजन राईको मृत्यु भएको जिल्ला हो।ललितपुर प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार मृतकहरुको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।
सो घटनामा संलग्न भएको आशंकामा १८ जनालाई पहरीले नियन्त्रणमा लिएको छ ।
१२ चैत २०८०, सोमबार १०:३५ मा प्रकाशित
340