रोल्पा नमूना क्याम्पस परिवर्तन रोल्पाका निर्वाचित स्ववियु सचिव तथा नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गा पा वडा नं २ राङ्सी का सेक्रेटरी ,बक्सिङका राष्ट्रिय खेलेका खेलाडी ,पोखरा बजार व्यवस्थापन समिति सदस्य र विभिन्न संघ संस्थामा आवद्ध भएका दिपेन्द्र डाँगी ले आफ्नो जन्म दिनको अवसरमा एक कार्यक्रमको आयोजना गरि आफुले अध्ययन गरेको विद्यालय श्री अति ज्ञान ज्योति आधारभूत विद्यालय परिवर्तन गापा २ राङ्सी हिरिवनका आठ जना विपन्न र पाँच जना जेहेन्दार गरि जम्मा १३ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बेगम डाँगीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन विद्यालयका प्र अ गणेश कुमार यादवले गरेका थिए । कार्यक्रममा बोल्दै दिपेन्द्र डांगी ले आफूले अध्ययन गरेको विद्यालय भएकाले विद्यार्थी हरु लाई आफ्नो जन्म दिनमा स्मरण गरेर आएको बताए साथै उनले अहिले जन्मदिन मनाउने नाममा तामझाम गर्ने,अनावश्यक खर्च गर्ने,भड्किलो बनाउने चलन बढ्दै गएको भन्दै यसलाई रोक्नु पर्ने बताए ,उनले रचनात्मक सकारात्मक ढंगले जन्म दिन मनाउन सुझाव दिए साथै विद्यार्थी हरुलाई नयाँ संस्कार सस्कृती सिकाउन र सहयोगी भाबनाको विकास गराउन आफू विद्यालयमा आएर जन्म दिन मनाएको बताए । कार्यक्रममा अभिभावक विद्यार्थी शिक्षकको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले देवेन्द्रले नयाँ संस्कार ,नयाँ काम को सुरुवात गरेर सबैको मन जित्न सफल भएको बताए।