को हुन आदर्श ? किन छन सडकमा

  रोल्पाको गंगादेव गाउँ पालिका वडा नं ३ जिनावाङ निवासी चुडामणि वली आदर्श विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य हुन हाल उनी सडक निर्माण कार्यमा मजदुरको रुपमा काम गरिरहेका छन।चुडामणि वली (आदर्श सी) कपुरकोट (सल्यान) - झ्याम (रोल्पा )- बुरासे- पातिहाल्ना- बाफुखोला(सल्यान) सडक निर्माण कार्यमा व्यस्त रहदा उनलाई सम्पर्क गरि तपाईं जत्तिकैको नेता किन सडक निर्माण कार्यमा मजदुरको रुपमा काम गरिरहनु भएको छ?तपाईं लाई के समस्या पर्‍यो भनेर परिवर्तन सन्देश डट कमले प्रश्न ,जिज्ञासा राखेको थियो जवाफमा आदर्श सी ले आफू जनतालाई श्रम गर्ने सन्देश दिन,सबै कार्यकर्ता जनता देश बासी लाई  श्रम बारे शिक्षा दिन ।श्रम गर्न छोड्न हुँदैन ,विदेश जान हुँदैन देशमै आत्मनिर्भर भएर बस्नु पर्छ भनेर शिक्षा दिन, श्रम गरेर पैसा लिने हो र त्यहीँ पैसाले घर खर्च चलाउन र पार्टी लाई लेवि तिर्न हो,पार्टीका विभिन्न कार्यक्रम हरु हुन्छन् त्यसमा खर्च आउँछ त्यसको लागि पनि हो ,खासगरी आत्मनिर्भर बन्न सिकाउनु पर्छ नेता कार्यकर्ता र जनताहरुलाई मुख्य कुरा त्यो हो उनले भनेका  छन।

साथै आदर्शले आफ्नै गाउँका साथिभाइहरु सहित काम गर्दा, कुरा गर्दा संगै छलफल गर्दा उनिहरुको प्रतिक्रिया राम्रै रहेको बताएका छ्न उनले भने साथीहरूले राम्रै प्रतिक्रिया दिइराख्नु भएको छ।अहिले गाउँमा आएर पनि तपाईंले बुझ्न सक्नु हुन्छ काम गर्दा त्यस्तो नेगेटिभ कुराहरु हुँदैन फेरि सबभन्दा मान्छे चिन्नलाई त घरमा जानू पर्छ ,छरछिमेक बाट बुझ्न सकिन्छ यथार्थ कुरा के हो भन्ने कुरा ।जस्ले जे सुकै भनेपनी काम गर्ने कुरा धेरै असल कुरा हो र गाउँका मान्छेहरू खुशी छन।

हाल आदर्श सडक निर्माण कार्यमा व्यस्त छन आज सम्म लगातार १६ दिन काम गरिसकेका छन।

 चुडामणि वली (आदर्श सी) को राजनीतिक इतिहास र योगदान यस्तो छ।

-२०४२ सालमा श्री बिरेन्द्र मावी नाउलीमा अनेरास्ववियुमा  आबद्ध।

-२०४५ सालमा ने.क.पा(मशाल) को नेपालगन्जमा पार्टी सदस्य प्राप्त ।

-२०४५ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज ने.क.पा (मशाल) निकट विद्यार्थी संगठन अनेरास्ववियु कमिटी अध्यक्ष।

-२०४८ सालमा ने.क.पा (एकता केन्द्र) रोल्पा जिल्लाको ८ नम्बर ईलाका सेक्रेटरी।

-२०५४ साल असार २१ गते ने.क.पा (माओवाद) को जिल्ला सदस्य।

-२०५८ कार्तिक २८ गते ने.क.पा (माओवादी) रोल्पा जिल्ला सचिवालय सदस्य।

-२०६० सालमा ने.क.पा (माओवादी) को व्युरो सदस्य 

-२०६० सालमा जनमुक्ति सेना नेपालको कम्पनी कमिसार

-२०६१ सालमा जनमुक्ति सेना नेपालको बटालियन कमिसार

-२०६२ सालमा जनमुक्ति सेना नेपालको बिग्रेट कमिसार

-२०६३ सालमा ने.क.पा (माओवादी) मनाङ जिल्ला इन्चार्ज।

-२०६४ सालमा ने.क.पा (माओवादी) बारा,पर्सा,रौतहट भोजपुरा राज्यमा कार्यरत 

-२०६५ देखि २०६९ असार  सम्म ने.क.पा (माओवादी) रोल्पा जिल्ला सेक्रेटरी 

- २०६९ मा ने.क.पा. - माओवादीको केन्द्रिय सदस्य 

 -२०६९ मा नै ने.क.पा - माओवादी  गुल्मी जिल्ला ईन्चार्ज

- २०६९ मा मगरात राज्यको जबस मोर्चाको फ्याक्सन इन्चार्ज 

-२०७० मा थारुवान

राज्य(दाङ,बाके,बर्दिया,कैलाली,कंचनपुर) को सह इन्चार्ज ।

-  २०७१ मा ने.क.पा. को जनसेवकको जिम्मेवारीमा

- २०७२ देखि २०७५ सम्म ने.क.पा को केन्द्रिय न्याय विभाग प्रमुख।

-२०७६ देखी जनसेवकको जिम्मेवारमा

- २०७९ मा ने.क.पा धादिङ जिल्ला इन्चार्ज

- २०७९ मा ने.क.पा पोलिटव्युरो सदस्य 

-२०८० मा ने.क.पा पुर्वी गण्डकी व्युरो इन्चार्ज 

-२०८१ मा लुम्बिनी प्रदेशमा कार्यरत 

२.जेल हिरासत:

- २०४६ सालको जनआन्दोलनमा बाके नेपालगन्जमा गिरफ्तार

-२०५० सालमा दाङ घोराहीमा आन्दोलनको क्रममा गिरफ्तारी 

-२०५४ साल असोज १९ गते रोल्पाको ओतबाट पुलिसबाट गिरफ्तारी हिरासत र जेल चलाउन र २०५७ असार ३० गते ३४ महिना पछी रिहा।

-२०७६ बैशाख ६ गते दाङ रामरी बाट गिरफ्तार।दाङ घोराही हिरासत बाट ५१ दिन पछि रिहा र सोही दिन गिरफ्तार गरि सुनसरीको धरान हिरासतमा ३१ दिन पछि रिहा।

-२०७६ कात्तिक २२ गते बाजुरा बाट गिरफ्तार।६७ दिन बाजुरा जिल्ला हिरासत, २२ महिना जेल जिवन र २०७८ कात्तिक २२ गते रिहा

३.सामाजिक काम / विकास निर्माणको काम:

- ३९ वर्ष सम्म सामाजिक काममा निरन्तर 

- आफ्नो पहलमा रोल्पाको धेरै ठाउँमा बिद्धुत विस्तारमा लागि प्रयास गरेको।

- रोल्पाको विकट ठाउँको जिनाबाङ खानेपानी योजना लगायत जिल्ला भरिका योजनाका लागि पहल गरेको।

- रोल्पाका धेरै सामुदायिक विद्यालयलाई भौतिक पुर्वाधार र शैक्षिक गुणस्तर वृद्धि गर्न पहल गरेको।

- रोल्पा लिवाङ,माडिचौर,जिनाबाङ सडकमा ७२ कि.मि डिटियल सर्वे गरि बाटो विस्तार गर्न पहल गरेको।

- सल्यान कपुरकोट, रोल्पा राकँ,हुँदै रुकुम मुसिकोट ५६ कि.मि डिटियल सर्वे गरि करोडौं रकम छुट्याउन पहल गरेको।

- रोल्पा दहवन,निगालपानी,डलसिगे,रुकुम झुल्नेटा सडक ४० कि.मि डिटियल सर्वे गरि बजेटको पहल गरेको।

- सल्यान पाथिहाल्ना र रोल्पा रमाई सडक  १२ कि.मि डिटियल सर्वे गरि बिस्तारको लागि पहल गरेको।

- सल्यान मोख्ला,बडाढुङ्गा,रोल्पा चाख्लेपातल सडक २४ कि.मि डिटियल सर्वे गरि बजेटको पहल गरेको।

- रोल्पा मरोट,झ्याम, सल्यान मिखला सडक बिस्तारको लागि बजेट पहल गरेको।

- रोल्पाको त्रीवेणी चङ्बास,काउलाबोट सडक बिस्तारको लागि बजेट पहल गरेको।

- बाकेँ बैजनाथ वडा नं ८ को कार्यालय  देखि डमरा सडक विस्तारमा पहल गरेको।

- कालिकोट खुलालु क्षेत्रमा सडक निर्माण गर्न सहभागी र सुर्खेत लगायतका थुप्रै जिल्लाहरु मा जनताको अनुरोध र पार्टीको आधारमा विकास तथा सामाजिक काममा पहल गरेको।

नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य चुडामणि वली आदर्श सी त्यागी निष्ठावान,हक्की ,निडर स्वभावको ,आदर्श नेताको रुपमा परिचित छन।

प्रतिक्रिया