साउन २३ - भुमि समस्या समाधान आयाेग दाङ ले आज जिल्लामा दाेस्राे पटक भुमिहिन दलित र भुमिहिन सुकुम्वासिहरू लाई पुर्जा वितरण गरेकाे छ । गढवा गाउँपालिकाकाे आयाेजना तथा (csrc) दाङ र युएन ह्याविटेड काे सहयाेगमा आयाेले गढवा गाउँपालिका वडा २ काे डांडाटाेलमा रहेका ९ जना भुमिहिन दलित र भुमिहिन सुकुम्बासी हरूलाई पुर्जा वितरण गरेकाे आयाेग का सदस्य सचिव पुरण चाैधरीले जाजकारी दिनुभयाे ।
गढवा गाउँपालिकाका प्रमुख यमनारायण शर्माको अध्यक्षता तथा भुमि समस्या समाधान आयाेग का केन्द्रीय अध्यक्ष माननीय हरी प्रसाद रीजालकाे प्रमुख आथित्यता दाङ क्षेत्र न १ क का माननीय ईन्द्रजित थारू र भुमि समस्या समाधान आयाेग दाङ जिल्ला अध्यक्ष हुकुम बहादुर वस्नेतकाे बिशिष्ठ आथित्यतनमा कार्यक्रम सम्पन्न भएकाे हाे ।
भुमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, दाङ क्षेत्र न १ क का माननीय ईन्दजित थारू , आयाेग का जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेत गढवा गाउँ पालिका प्रमुख यमनारायण शर्मा , आयाेग का महिला सदस्य हिरादेवि पुन ले भूमिहीन सुकुम्बासीलाई संयुक्त रूपमा लालपुर्जा हस्तान्तरण गर्नु भयो ।
भूमि समस्या समाधान आयोग जिल्ला समितिको २०८२ साल साउन १३ गतेको बैठकले भूमिहीन दलित र भुमिहिन सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा शुक्रबार आयोजित एक कार्यक्रममा ९ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
एक धुर जग्गा समेत नाममा दर्ता नभएका परिवारले पहिलोपटक जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरू निकै हर्षित भएका छन् । तीन पुस्तादेखि लालपुर्जाविहीन जीवन बिताउँदै आएका परिवारलाई पहिचान गरी जग्गा दर्ता गराइएको हो ।
कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष रिजालले आफ्नाे कार्यकाल समय भित्र भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी गरि ५ लाख पुर्जा बितरण गर्ने लक्ष्य रहेकाे बताउनु भयाे । साथै अध्यक्ष रिजाल ले आयाेले खाेलेका सुचनाहरू स्थानिय सरकार ले सहि समयमा मै जनताकाे माझमा जानकारि नदिने गरेकाले पटक पटक सुचना गर्नु पर्ने बाध्यता हुने वताउदै दाङ मा अवकाे केहि समयमै फेरि अधुरा अपुराकाे लागि आवेद खाेल्ने समेत जानकारि गरानुभयाे साथै , “ऐन, नियम, कानुनभन्दा बाहिर गएर आयोगले काम गर्दैन । संविधानले प्रदत्त गरेको सम्पत्ति र आवासको अधिकार कार्यान्वयन गर्न हामी प्रतिवद्ध छौँ । यसको प्रत्याभूति दिलाउने जिम्मेवारी सरकारको हो ।”भनेर जानकारि समेत गराउनु भयाे ।
यता आयाेगका जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेत ले पुर्जा वितरण कार्यमा सवै राजनितिक दलहरूकाे सहमति र सहकार्य भयाे भने अझ दुर्त गतिले आयाेगकाे काम लाई आगाडि वढाउन सहज हुने बताउदै दाङमा प्राय जसाे भुमिहिन दलित र भुमिहिन सुकुम्बासिहरू काे बसाेबास बन क्षेत्रअधिका भित्र पर्न काम मा कठिनाई हुदै आयकाे कुरा जानकारी गराउदै दाङ ले अब पुर्जा बितरण कार्यलाई कर्मिक रूपमा अगाढि वढाएकाे कुरा ब्यक्त गर्दै पुर्जा बितरण कार्यमा सहयाेग गर्नुहुने सवैमा धन्यवाद ब्यक्त गर्नुभएकाे थियाे ।
आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, गढवा गाउँपालिका प्रमुख यम नारायण शर्मा , उपाध्यक्ष सारदा कुमारि चाैधरि , निवर्तमान पालिका अध्यक्ष सहजराम यादब , नापी कार्यालय दाङका प्रमुख पुरण चौधरी, आयाेगका महिला सदस्य हिरा देवि पुन लमहि नापि शाखा प्रमुख युवराज ज्ञावलि, मालपाेत शाखा लमहिका प्रमुख राम प्रसाद खनाल , संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रम का जिल्ला प्रमुख बन्दना सिन्हा , भुमि कृषि कार्यक्रम csrc दाङ प्रमुख रेमन्त चाैधरी लगायतले भूमिहीन सुकुम्बासीलाई भूमिको स्वामित्व हस्तान्तरण गर्ने अभियानले सार्थकता पाउन थालेकोमा खुशी व्यक्त गर्दै आ- आफ्नाे भनाई राख्नुभएकाे थियाे ।
वडा नं. २ का वडा अध्यक्ष भक्तु बहादुर चाैधरीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख महेश पुनाराम शर्मा ले गर्नु भएको थियो ।