रोल्पा नमूना क्याम्पस परिवर्तन ५ बागमारा रोल्पाका क्याम्पस प्रमुख गोपाल बहादुर के सी ले पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम,नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पार्टी एकता ,विप्लव नेतृत्वको नेकपाले दल दर्ताको लागि निर्वाचन आयोगमा दिएको निवेदन लगायत बिषय लाई लिएर बजारमा भैरहेको टिका टिप्पणी प्रति आफ्नो धारणा सार्वजनिक गर्दै विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता लाई सुझाव सहितको अनुरोध गरेका छन । आज बिहान फेसबुक स्टाटस लेख्दै आफ्नो धारणा व्यक्त गरेका हुन । हेरौं यस्तो छ उनको धारणा
अनुरोध कम्युनिस्ट पार्टी नेपाल लाई
आदरणीय नेता ज्यू ( साबिक नेकपा हालको कम्युनिस्ट पार्टी नेपालका मुल नेतृत्व ) मिठो सम्झना सहित नमस्कार / अभिवादन
विषय :- हिलो छ्यापियकालाइ छाडी ढुङ्गामा च्यापियकाको उद्दार गर्ने सम्बन्धमा ।
प्रस्तुत बिसयमा तत्कालिन मावोवादी बाट बिद्रोह गरि अलग भयको करिव १० बर्सको अन्तरालमा के गर्यौ ? किन अलग भयौ ? आज किन दल दर्ता गर्न आयौ भन्नेहरुको जमात पनि देखियको छ ।
पार्टीबाट अलग भयर २/४ ओटा मोटर बाटो खनेको भय, ८/१० ओटा ठुला ठुला बम पट्कायर २/४ सय मानिस ठाउँको ठाउँ लम्पसार पारेको भय, दर्जनौं गाडी जलायको भए .. सवैले आखाले देख्ने र कानले सुन्ने र पत्याउने थिय तर तपाइको नेतृत्व को पार्टीले त्यसो गरेन । वल्लो गाउँ बाट पल्लो गाउँमा हेर्दा बाझिएको वारि खनेको सबैले देख्छ तर खेती गरेको सवैले होइन केहिले मात्र देख्दछन, बिरामी सुतेको र हिडेको सवैले देख्दछन किन सुत्यो र कसरी हिड्नेभयो धेरैलाइ थाहा हुँदैन त्यस्तै त्यस्तै भयको छ ।
जमिन बाझिएको छ जुन जमिन बिद्रोह पुर्व खनियको थियो , जनता खान नपाइ बिरामी छन धेरै नेता कार्यकर्ता खान नजानी बिरामी छन । आजभोली त त्यस जमिनमा प्राङ्गारिक मलको अलावा रसायनिक मल खाद को प्रयोग र त्यही मलखादको खरिदमा बिल मिलानको गन्ध सराल्ली रहेको, भोका जनतालाइ सुकेनास बाट बचाम र खान नजान्ने नेता कार्यकर्ता लाई फुकेनास बाट बचाम भन्ने क्रममा कुरा नमिल्दा सहन नसकी तपाईं बाहिरियको हो र केही तत्वहरु पार्टी सङ्ग पनि अझै रसायनिक मल किन्न पाइन्छ कि ? खेती नगरी खेती गरे पनि गोडमेल नगरी खान पाइन्छ कि भन्नेको सङ्ख्या छ , जनताको सुकेनास नदेख्ने तप्का पनि छ यो कुरा यहाँलाई थाहा नहुने कुरो भयन । अब त्यो जमिन फेरि बाझो भयो भने त्यहा अगरवुड होइन एक्सासेको झाडी बाहेक केही हुनेवाला छैन , जनताको सुकेनास र नेता कार्यकर्ता को फुकेनासको उपचार हुनेवाला छैन । तपाईं नेतृत्वको पार्टिको काम आम बुद्दिजिविहरुले राम्ररी बुझिरहनुभयको छ जुन मानिस श्रम बाट कट्दै र कटेका हुन र छन तिनिहरुले तपाईं नेतृत्वको कामलाई सामान्य मानेका छन र कोहि कोहि त नेपाल छाडेर बाहिर हुँदा समेत आफुले उता ट्वाइलेट आत्म सम्मान साथ सफा गर्दै गर्दा पनि नेपालमा गरिरहेको उत्पादन बिसेसत कृषि प्रती आलोचना गर्दै छ त्यो पनि उस्को बुझाइ ठिकै हो किनकी उस्लाइ काम गर्न सिकाइयको थियन मात्र सिकाइयको थियो यहाँ कुरा गर्न र हुल्धङ्गा गर्न मात्र त्यसैले तिनिहरुपनी जवर्जस्त बुझ्ने छन र केही युवाहरु बिदेसमा विभिन्न सीप सिकिरहनुभयको छ र तत्कालीन को नेकपा र हालको ( क पा ने)प्रती आसा गरेर साथ सपोर्टमा लागिरहेको छ । अब बिस्तारै विभिन्न प्रकृतिका उत्पादन मा सवै लाम्बद हुनेछन र भइ रहेका पनि छन । खान नपाउने काममा निरन्तर भयर पनि सुकेनास भयका र कामै नगर्ने तर स्ट्यान्डर्ड भोजनले फुकेनास भयका छर्लङ्ग छ ।
बाहिर विभिन्न कुराहरु आइरहेका छन पार्टी एकता गर्ने एकता नगरे चुनावमा थ्रेश्होल कट्दैन भन्ने छ । पार्टी फर्सि जस्तो रुप्मा ठूलो वा बेसारको सेलो जस्तो चाहियको भन्ने कुरामा धेरै बहस गर्न जरुर छैन । थ्रेशहोल कटोस नकटोस त्यता वास्था नगरौं यो नेतृत्व सहितको पार्टी सङ्ग एकता गर्न चाहनेहरु यश पार्टिको नीति कार्यक्रम र व्यवहार ठिक हुँदा र रहदा सम्म पार्टी जिवित रहने र यसको सारा बिस्तार हुनेछ अन्यथा ढुसी लागेको बगैचाको हाल हुनेछ त्यसैले आफै भित्र भयका फोहोर समेतलाई सरसफाइ गर्दै निरोगी खालका निस्कलङ्क असल चरित्रका कुनै पनि पार्टी भित्रका समूह वा ब्यक्तिलाई स्वागत गर्दा राम्रै होला तर हालका सिङ्गै पार्टी त फोहोरमा लट्पटियका छन तिनैको हिलो छ्यापियर नुहाउन जादै गर्दा त्यो हिलो धारोमा बग्दैन छहरामा गयर पखाल्दा आफै असुलियर ढल्न के बेर तसर्थ भट्टीमा राखी पुनर्निर्माण गर्दा खास जनता पछि पर्नेछन त्यसैले पाहुना आउने ढोका खुला गरौं जन्ती आउने गेट निर्मानको आवस्यक छैन । पुजारिको टाउको जस्तो नभइ थाइकट स्टाइल्को कपाल कटाइ खाले समाज निर्माणको यात्रामा कत्ती पनि खुट्टा नडग्बगाइ हिलोमा छ्यापियका सङ्ग होइन ढुङ्गाले च्यापियकाको उद्दारमा अघि बढ्न कमन्युस्ट पार्टि नेपाल ( CPN) लाई हार्दिक अनुरोध छ । साथै दल दर्ता गरि जनताको आशा भरोसाको बाटोमा अझ गर्बिलो इतिहास रचेकोमा हार्दिक बधाइ छ ।अझ यत्ती मात्र होइन मुलुक्मा तत्काल उठेका Gen Z का तथा सवै Zen का मुद्दा समेतको सामाधान गर्दै अघि बढ्नमा थप हौसला मिलोस सुभ बिहानी !
२०८२/०७/१३